FAQs Complain Problems

संक्षिप्त परिचय : -

नेपालको सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल बैतडी  जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निणर््ायानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व  १० वटा गा.वि.स थिए र ती १० वटा गा.वि.सका वडाहरु समायोजन भै पुर्चौडी नगरपालिका बनाईएको हो । नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको साशन सञ्चालन सम्बन्धमा जारी गरेको अादेश २०७३ अनुसार यो पुर्चौडी नगरपालिकामा जम्मा १0 वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम बैतडी  देखि १००  कि.मि टाढा उत्तर  तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।

क्षेत्रफल, सिमाना तथा धरातलिय स्वरुप :

बैतडी  जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्येविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको पुर्चौडी नगरपालिका अन्तरगत ३९१७४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा बझांङ जिल्ला , पश्चिममा डिलासैनी  र दोगडाकेदार गा.पा  , उत्तरमा डिलासैनी गा.पा   र दक्षिणमा सुर्नय  र सिगाश गा.पा   रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम १.५ डिग्रि रहको पाईन्छ ।

प्रशासकीय एवं राजनीतिक विभाजन:

  • ( बैतडी  जिल्ला ) ७ न प्रदेश
  • अञ्चल : महाकाली
  • जिल्ला सदरमुकाम : बैतडी 
  • प्रदेस निर्वाचन क्षेत्र :2 
  • के‍.निर्वाचन क्षेत्र : 1
  • पुर्चौडी नपा अन्तगतका निर्वाचन क्षेत्रहरू :- के‍.निर्वाचन क्षेत्र न : 1
  • प्रदेस निर्वाचन क्षेत्र : ख. (वडा न १,२,३,४,५ ,६,७,८,९१० )
  • वडा : १० 
  • क्षेत्रफल : १९८.५२  वर्ग किमि.
  • जनसख्या : ३९१७४  जना